Bikalpa's Blog

Showing posts with label Photography. Show all posts
Showing posts with label Photography. Show all posts

Thursday, May 30, 2013

Light Painting

फोटो खिच्ने यो तरिकालाई लाईट पेन्टिङ् (Light Painating) भनिन्छ।  क्यामेरा को सटर स्पिडलाई लामो बनाएर खिचिने यस प्रकारको फटोमा कुनै एउटा प्रकाशको स्रोत (जस्तै टर्च लाइट) को माध्यामले क्यामेरामा बिभिन्न आक्रिति बनाईन्छ।
चाहिने उपकरणहरु:
क्यामेरा (सटर स्पिड घट-बढ गर्न मिल्ने)
ट्राइपड अथवा क्यामेरा अड्याउन मिल्ने ठाउ
टर्च
काठ, डोरि
कसरि खिच्ने

1) सर्वप्रथम आफ्नो क्यामेरालाई ट्राइपड वा नहल्लाई अड्याउन मिल्ने ठाउमा आफु काहा उभ्भिने त्यतै फर्काएर राख्नुहोस्।
2) क्यामेरा को सेटिङ् म्यानुअल (M) मा लगि सटर स्पिडलाई (shutter speed) ३० सेकेन्ड बनाउनुहोस्। सटर स्पिड ३० सेकेन्ड राख्नुको मतलब अब क्यामेरा ३० सेकेन्ड सम्म खुला रहन्छ र सो अबधिमा यसले जेजे देख्यो त्यो सबै फोटोमा कैद गर्छ ।
3) ISO लाई 100 मै छोडदिनुस्। एपेरेचर apperature लाइ चाहि ११ बनाउनुहोस् (f 11).
4) क्यामेरालाई  10 second self timerमा लानुहोस्। यसको अर्थ तपाईले बटम थिचेको १० सेकेन्ड पछि क्यामेराको सटर ३० सेकेन्ड सम्म खुल्ला रहन्छ।
एक चोटि shutter release button थिचेपछि तपाई संग १० सेकेन्ड हुन्छ आफ्नो स्थानमा पुगेर तयार हुनलाई। १० सेकेण्डपछि सटर खुलेको आवाज आउनासाथ कुचि (टर्च) अन गर्नुस र थाल्नुहोस् क्यानभास पेन्ट गर्न :)। ३० सेकेन्ड पछि क्यामेरा आफै अफ हुन्छ। यसरी खिचेको फोटोहेरेर केहि मिलेको छैन भने सेटिङ्मा तलमाथि गरेर एडजस्ट गर्न सकिन्छ।






माथिको तिनैबटा फोटोहरु मा मैले टर्चलाइटलाई लैरो मा बाधेर तल- माथि दाया बाया हल्लाएर खिचेको हु।
यो फोटो खिच्दा टर्चलाईटलाई डोरिमा बाधे र आफ्नो वरिपरि जोडले घुमाए। मैले प्रयोग गरेको टर्चलाई झिप बल्ने निभ्ने  बल्ने निभ्ने बनाउन मिल्ने थियो।  तल राखिएको पानको पातको फोटो त्यसरिनै खिचेको हुँ।
 यो बिधिबाट आकृतिहरु मात्र नभएर अक्षरहरुपनि लेख्न/बनाउन सकिन्छ। मैले नेपाल लेख्न गरेको प्रयास
Keep painting, Keep snapping :))

Sunday, May 19, 2013

Smoke photography

Spend my last couple of days trying to capture smoke trail. Here are some of my best shoots.

Equipment used: Black chartboard (as a background)
Cammera: Canon 7D
A tourch light
An external flash
Wireless flash trigger
Incense stick
lighter and
bit of patience

Cammera setting
shutter speed :160th
Aoereture: f8
ISO:100











Last picture demonstrate my setup where I have used torch light to make it easier for cammera to focus on the smoke.It should also be noted how I have positioned my flash.  Special care should be given while positioning these light sources to prevent light  spillage on the black background.
Keep Snapping :))


Saturday, May 18, 2013

Water drop photography

I have always been fascinated by the photograph of water drops. Although,  I must confess that these are nowhere near those mind blowing photographs which you guys must have seen on the internet ,here is my humble attempt to capture these tiny things which we have always taken for granted.
I have hardly done any editing apart from cropping .Those colorful water that you are seeing on the images are due to change in Whitebalane  and using reflector  and container (for collecting water) with different colour









 This is how I have mannaged to captured these images...

                                               Keep snapping :))

Tuesday, November 13, 2012

फोटो डायरि

यसपालिको दशैमा नेपाल जाने अनसर मिल्यो.तल राखिएका फोटोहरु मैले वेलायत बाट नेपाल र नेपाल बाट  फेरि वेलायत फर्किने क्रममा खिचेको हु। समय र परिस्थितिले भ्याएसम्म आफुलाई राम्रो र अनौठो लागेको फोटो म खिच्छु।व्लग बनाएर राख्छु भन्ने मेरो कुनै पुर्बयोजना थिएन, यहां आइसकेपछि यस्सो मोबाइलमा फोटोहरु हेर्दा यात्राको सिलसिलेवार फोटोहरु देखेपछि व्लगमा राख्दा राम्रो हु्न्छ भन्ने ठानेर तपाईहरु माझ पस्कदै छु। अरु बेलामाझै राम्रो भए राम्रो छ भन्दिनु होला, कमि-कमजोरि भए औल्याइदिनुहोला।
म बसेको ठाउँ नर्थह्याम्पटन (Northampton) बाट  प्लेन चढ्न हिथ्रो, लंण्डन पुग्न पर्ने भएकोले बिहानै लागियो  बस चढ्न बसपार्क तिर। बिहान ४ बजे सुनसान बसपार्कमा मेरो सुटकेस।
                                                     एयरपोर्ट को एउटा दृश्य
त्यतिबेला पुस्तक प्रदर्सनि भइराखेको थियो राष्ट्रिय सभा गृहमा। सोहि पुस्तक मेलामा किनिएका किताबहरु। यध्यपि  दशैको चटारोले पढ्न भने भ्याइएन।
TFC-Nepal ले आयोजना गरेको सहयोग कार्यक्रमा सामेल हुन पाउदा सार्है खुसि लाग्यो। TFC-Nepal को बारेमा र भैसेपाटिमा भएको सो कार्यक्रमको बारेमा वृस्तित जानकारिको लागि यँहा क्लिक गर्नु होला।
                                                स्वयंभुको बुध्दपार्क को एउटा दृश्य
                                                        बुद्धपार्कको अर्को दृश्य
यसै बिच एकदिन भाईलाइ रिसिभ गर्न एयरपोर्ट जानु पर्यो। प्रतिक्षालयमा आफन्त कुर्दै सर्वसाधारण
                                                      काठमाण्डुको ब्यस्त असन
                                                                  यो पनि असन
यो चाहि म बस्ने ठाउको असन ;) हामी नेपालीहरु यसलाई अझ कालिमाटी भन्छौ। खासगरि तरकारि र फलफुलको स्टलहरु धेरैहुने यस्ता हाटबजारहरु वेलायतका प्राय सबै सहर बजारहरुमा हुन्छन्। डिपार्टमेन्टल स्टोर भन्दा सस्तो हुने भयकोले तरकारि र फलफुल प्रायजसो हामीहरु यहिबाट किन्छम् ।पैसा कसरी हो भनेर सोध्नुहुन्छ भने १ भाडो को  मात्र £1

काठमाण्डु दरबार स्कायरको मन्दिर। मन्दिरको नाम चाहि मलाई थाहा भएन कसैलाई थाहा छ भने भनम है
                                                          सोहि मन्दिर फरक कोड बाट

                                             असनमा बेच्न झुण्ड्याइएका  ब्यागहरु

 माथिका दुबै तस्बिरहरु सपरिबार मनकामना दर्शन गर्न जादा खिचेको हु।

                              दशैंको पुर्वसन्ध्यामा खुलामञ्चमा किनमेल गर्ने मान्छेको भिड

                         काठमाण्डौमा छुट्टै चुरापोते बजार छ भन्ने कुरा मलाई थाहा थिएन।
                                                          पोते कसरी हो साहुजि?????
Add caption
काठमाण्डु सडक बिस्तार कार्यक्रमको सिकार भएको एउटा घर। स्थान -कृष्ण पाउरोटि नजिक

यस बारेमा धेरै लेखिएको  र पढिएको छ पत्रपत्रिकामा- त्रिभुवन विमानस्थलको थुप्रै चरणको सुरक्षा जाच पार गरेर बिमान चढ्न तयार रहेका यात्रुहरुलाई भारतीय विमान कम्पनिहरुले जहाज चढ्नु अगि छुट्टै चेक जाच गर्दछन् र यहां पनि त्यहि भइरहेको छ।
रमाइलो कुरा त के छ भने लण्डन बाट मुम्बइ पनि यहि जेट एयरबेजमै गएका थियौ। त्याहाँ त चेकिङ्को च पनि गरेथेनन्। छोरीनै दिउला जस्तो गरेर काउलो पार्थे। नेपाल बाट उड्ने प्लेनलाई मात्र किन त???

नेपालबाट बाहिर जादा मुम्बईको Chhatrapati Shivaji International Airport मा ट्रान्जिट पर्यो र नेट चलाउन मन लाग्यो भने गेट नं २ मा जानुहोला। भन्न त "Free Wifi का सुबिधा हे" भन्दो रहेछ तर त्यसको लागि भारतिय सिम चाहिदो रहेछ ।अब ट्रान्जिटमा बसेको मान्छे संग कहाबाट हुनु भारतिय सिम। त्यसैले नेट चलाउन मन लागे गेट नं २ को बायाँतिर रहेको कम्प्युटरबाट नेट चलाउन सकिन्छ। माथिको फोटो त्यहि नेट चलाउने ठाउ को हो।
                                  {सम्पुर्ण फोटोहरु मोबाइल (Galaxy S2) बाट खिचिएका हुन्}